काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको छ । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनुभएको हो । हिजो बिहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाउनुभएको थियो । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाउनुभएको थियो ।

गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन । वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाउनुभएको छ । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ । दोस्रो वरियतामा गृहमन्त्री खाण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहनुभएको छ । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकी पम्फा भुसाललाई चौंथो वरियतामा राखिएको छ ।