काठमाडौं – आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । केही दिन यता तापक्रम घट्न थालेको महसूस हुन थालेको छ । बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मङ्गलबार १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३.५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब रातको समयमा आकाश खुला हुने र शित पर्ने हुँदा चिसो बढ्दै जाने मौसमविद् बताउँछन् । हिमपात सुरु भएसँगै तापक्रम घट्ने क्रम सुरु हुनुका साथै उच्च पहाड र हिमालमा हिमपात हुन सुरु भइसकेको छ ।