फाइल तस्वीर ।

काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा देशको लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार भारतका डा. शङ्कर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको बताइएको छ ।


भारतलका लागि राजदूतमा सिफारिस गरिएका डा.शङ्कर शर्माले यसअघि अमेरिकाको राजदुतको जिम्मेवारी सम्हाल्नु भएको थियो । बेलायतका लागि सिफारिस गरिएका ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री पनि कुटनीतिक क्षेत्रका विज्ञका रुपमा काम गरिसक्नु भएका व्यक्ति हुनुहुन्छ ।