काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार ३ सय ५५ वटा नमुनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ सय ९१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोहि अवधिमा थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २ सय ३६ पुगेको छ ।