काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हिजो बुधबार साँझ उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । अस्पताल स्रोतका अनुसार उहाँलाई निमोनियाको लक्षण देखिएको बताइएको छ ।