काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघि मङ्गलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण स्थगन गरी आजका लागि सारिएको थियो ।

आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।