काठमाडौं – नेकपा एकीकृत समाजवादीले निर्वाचन चिन्ह ‘कलम’ चिह्न कलम प्राप्त गरेको छ । । एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) बीच गत असोज २४ गते भएको एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले मङ्गलबारको निर्णयअनुसार निर्वाचन चिन्ह प्रदान गरेको हो ।

पार्टीले प्रस्ताव गरेअनुसार रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिन्ह अङ्कित झण्डा पनि आयोगले प्रदान गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० को उपदफा (७) बमोजिम आयोगमा दल दर्ता नम्बर १६३ मा दर्ता रहेको नेकपा (एकीकृत) नामक राजनीति दलको नाम र झण्डा अन्य कुनै दलले प्रयोग गर्न नपाउने पनि आयोगले जनाएको छ ।