काठमाडौं – सिंहदरबारभित्र गोली चलेको छ । आज बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको पीएसओ अनुपस्थितिमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । के कति कारणले गोली चलेको होउनीसँग सोधपुछ भइरहेको छ । क्षति भने केहि नभएको प्रहरीले बताएको छ । मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।