काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७ हजार १ सय ६७ जना र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ जनामा गरिएको परीक्षणमा कुल ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ सय ९५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भै घर फर्किंदा सोही अवधिमा उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कुल सङक्रमितमध्ये ७ लाख ८९ हजार १ सय २५ जना निको भइसकेका छन् । नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ११ हजार ३ सय ८० जना पुगेको छ । हाल देशभर १० हजार ३ सय ७५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८ सय ८० जनामा पोजेटिभ देखिएको छ । त्यस्तै ६ लाख ५१ हजार २ सय४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३ सय ्५ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर दुवै विधिको गरी हालसम्म ५० लाख ५४ हजार ९ सय ८३ जनामा परीक्षण गर्दा ९ लाख ५ हजार १ सय ८५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।