काठमाडौं – सरकारले चीनसँग खरीद गरेको कष्ट सेयरिङ अन्तगर्तको कोभ्याक्स १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । उक्त कोभिडविरुद्धको भेरोसेल खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो परिणाम आज आइपुगेको हो । उहाँले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आएता पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो खेपको खोप भएको बताउनुभयो ।

विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखी आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको जानकारी दिनुभएको छ ।