फाइल तस्वीर
सप्तरी – गाडीको ठक्करबाट सप्तरीमा एक हरिणको मृत्यु भएको छ । जिल्ल्लाको शम्भुनाथ नगरपालिका– ६ कठौना चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट वयस्क हरिणको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जङ्गली वयस्क हरिणलाई कुनै सवारीसाधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हुनसक्ने बताउनुभयो ।

प्रहरीले कानुनी प्रक्रिया पु¥याएर मृत फेला हरिणलाई इलाका वन कार्यालय रुपनी सप्तरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।