काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्ने भएको छ । त्यसका लागि माओवादी केन्द्रले छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

माओवादीका एक स्थायी समिति सदस्यका अनुसार हालै सम्पन्न स्थायी समिति बैठकले एक व्यक्ति एक पदलगायतका विषयमा विधान संशोधन गर्नुपर्ने भएकाले भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको छ ।

माओवादी केन्द्रमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्ने यसअघि नै निर्णय भइसकेको छ । हाल एकै व्यक्ति विभिन्न पदमा दोहोरिएको सन्दर्भमा अब भने पार्टीले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न लागेको बताइएको हो ।