लमजुङ – नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उहाँले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाउनुभयो । उहाँले राष्ट्रि««य पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । उहाँले नेकपा एमाले सुन्दरबजार नगरकमिटीको प्रथम अधिवेशनको समेत उद्घाटन गर्नुभएको थियो । रासस