काठमाडौं — नेपाली काङ्ग्रेसका पदाधिकारी र निर्वाचन समितिको छलफल सकिएको छ । संयुक्त छलफलमा मङ्सिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष छलफलले निकालेको छ ।

छलफलमा सहभागी काङग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार अब छठ अघि १३ जिल्लाको वडा अधिवेशन सम्भव छैन । त्यसले मङ्सिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको छ । काङ्ग्रेस नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने बताउनुभयो ।


“केन्द्रीय समितिले कार्यतालिका ल्याइसकेको छ । त्यसलाई ध्यानमा राखेर सकेसम्म छिटो चुनाव गराउने जिम्मा मिलाउनुहोस् भनेर भन्यौँ,” उहाँले भन्नुभयो, “कार्यतालिका हेरफेर गर्नुपरेमा कार्यसमिति नै बोलाउनुपर्छ ।”