काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ८ लाख १० हजार २ सय ९८ जना तथा एन्टिजेन विधिबाट ९४ हजार २ सय १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ६ सय २२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोहि अवधिमा थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ७२ जना पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८८ हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २ सय ९६ पुगेको छ ।