काठमाडौं – हृदयघातका कारणहरु उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन् । तर, कार्डियोभास्कुलर डिजिजका केही सङ्केतहरुलाई भने मानिसहरुले ध्यान नै दिएका हुँदैनन् । एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले हृदयघातको सङ्केत गर्छ । फोरसिथ इन्स्टिट्युट र हारवर्ड युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धान कंडस्ट जर्नल अफ पीरियोडोन्टलमा छापिएको छ । जसमा पीरियडोन्टाइटिस समस्या भएका व्यक्तिहरुलाई मुटुसँग सम्बन्धीत रोग लाग्ने जोखिम धेरै हुन्छ ।

डाक्टरका अनुसार गिजा र धमनी सुन्निनुबीच बलियो सम्बन्ध रहेको पाइयो । जुन स्ट्रोक, हर्ट अट्याक र मुटु रोगसँग सम्बन्धित बिरामीको कारण भएको पत्ता लाग्यो । यस अनुसन्धानमा ३ सय ४ जना सहभागी थिए । सुरुवातमा यी व्यक्तिहरुको धमनी र गिजाको परीक्षण गरियो । त्यसपछि ४ वर्षपछि पनि सोही परीक्षण गर्दा १३ जनामा मुटुरोग भएको पत्ता लाग्यो ।

यस अनुसन्धानका अनुसार धमनी र गिजामा समस्या हुनेहरुमा मुटुरोग हुने पाइयो । अनुसन्धानकर्ताका अनुसार पीरियोडोन्टल डिजिजभन्दा पहिला जो व्यक्तिहरुमा हड्डीसँग जोडिएका समस्या थिए ति व्यक्तिहरुलाई मुटु रोगको खतरा कम थियो । तर जसको गिजा सुन्निने समस्या थियो तिनीहरुमा मुटुरोगको समस्या देखियो । एजेन्सी