काठमाडौं – निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिने भएकाले त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आयोगले चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।

यसैगरी आयोगले फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न समेत सरकार समक्ष सिफारिस गरेको छ ।