काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा ७ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ३ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ । त्यस्तै आज ५ सय १ जना सङ्क्रमणमुक्त भएका छन् ।