काठमाडौं – नेकपा एमालेको पालिका अधिवेशन भोलि हुँदैछ । पालिका अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट भोलि दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

एमालेले ७ सय ५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् । गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ ।

एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो । ६ हजार ७ सय ४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको थियो । सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय अधिवेशन गर्दैछ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।