फाइल तस्वीर


काठमाडौं – काठमाडौंको सिनामङ्गलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगानीमुलका ११ जनालाई सिनामङ्गलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ । अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए, अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।