काठमाडौं – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको हो ।
अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ । यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।