फाइल तस्वीर ।
काठमाडौं — प्रदेश नम्बर १ प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताउनुभएको छ ।

सरकारको नेतृत्व गर्न नेपाली काङ्ग्रेस तयार रहेको कोइरालाले बताउनुभयो । आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “वाग्मतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।”

मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज प्रदेशसभा बैठक बोलाउनुभएको छ । तर, बैठक रोक्न माग गर्दै काङ्ग्रेस र नेकपा (एमाले)ले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको छ ।