काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि आज पूर्वका जिल्लाहरूमा जाने हुनुभएको छ । पश्चिम नेपालका जिल्लामा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौं फर्केका देउवा आज बाढीपहिरो तथा डुबान प्रभावित पूर्वी क्षेत्रको निरीक्षणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम र पाँचथरमा विपद् प्रभावित क्षेत्रको निरीक्षण गर्ने उनको सचिवालयले जानकारी दिएको छ । चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा आजै साँझ काठमाडौं फर्कने कार्यतालिका छ ।