काठमाडौं – सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ । गएराति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको हो । इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको अधिकांश भाग जलेको र बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।