काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय १३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ३८ तथा एन्टिजेन विधिबाट ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँमा १ सय ५० जना, ललितपुरमा ३९ तथा भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय १७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोहि अवधिमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ४५ जना पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८६ हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५ सय ५९ पुगेको छ ।