प्रतीकात्मक तस्वीर

विरेन्द्रनगर – सुर्खेतको एक सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते भएका छन् ।

सुर्खेतको विरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा भएको उक्त घटनामा परी हुँदा गुराँस गाउँपालिका–६, दैलेख घर भई वीरेन्द्रनगर–७, ईत्राममा बस्ने २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइतेको विरेन्द्रनगरमा रहेको नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरू सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाँस काट्दै गर्दा खुट्टाले छोइएपछि बम विस्फोट भएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।