दाङ- लमही नगरपालिकामा आज दिउँसो पौने १ बजे टाटासुमो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटासुमो पौने १ बजे लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेकनजिकै दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेमध्ये दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस