काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गर्नुभएको छ । आज सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताउनुभयो ।

‘‘आदेशको पालना ग¥यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको‘’ उहाँले भन्नुभयो, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । कुनै मर्यादा छैन । कुनै सम्मान छैन ।’

गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।