फाइल तस्वीर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले गरेको निर्णयप्रति असन्तुष्टी प्रकट गर्दै फरक मत दर्ज गरेका छन् । आज बसेको पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति उनले फरक मत राखेका हुन् । उपाध्यक्ष रावलले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा ५ पृष्ठ लामो लिखित रुपमै फरक मत पेश गरेका छन् ।


पार्टी नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै एमाले उपाध्यक्ष रावलले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् । राजीनामा दिने घोषणा गर्दै नेता रावलले ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उनले बैठकपछि भने, ‘त्यो कार्यान्वयन गर्दाखेरी कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो ।’ तर प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयमा आफ्नो विमति रहेको बताएका छन् ।