फाइल तस्वीर ।
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्को महिनामा हुने महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (इबिएम) प्रयोग गर्ने बताएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी मङ्सिर १० देखि १२ गतेसम्म तीन दिन चितवनमा हुने पार्टीको महाधिवेशनमा नेतृत्व चयन गर्ने मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटीका सदस्य एवं पार्टी सचिव प्रदीप ज्ञवालीले उक्त कुराको जानकारी गराउँदै एमालेले २०७७ चैत मसान्तसम्म पार्टीको सदस्य भएका व्यक्तिहरुले महाधिवेशन प्रतिनिधि छनोटमा भाग लिन पाउने निर्णय पनि गरेको बताउनु भएको छ ।

कहिलेसम्म पार्टी सदस्य भएका व्यक्ति महाधिवेशन प्रतिनिधि छनोटमा भाग लिन पाउने भन्ने अन्योतालाई अन्त्य गर्दै एमालेले चैत मसान्तसम्म संगठित सदस्यता लिएकालाई प्रतिनिधि छनोटमा सहभागी गराउने व्यवस्था गरेको छ । कति संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि हुने भन्नेबारे निर्णय भने बैठकले कुनै निर्णय गरेको छैन । आज बसेको बैठकले महाधिवेशन आयोजक कमिटीको सह–संयोजकमा सुरेन्द्र पाण्डे र सचिवको जिम्मेवारी विष्णु रिमाललाई दिइएको नेता ज्ञवालीले जानकारी बताउनु भएको छ ।