काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।

देशभर गरिएको ७ हजार २ सय ५३ पीसीआर परीक्षणगर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टिजेन परीक्षणगर्दा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा निको हुनेको संख्या ७ लाख ८५ हजार ८ सय १३ रहेको छ । सोहि अवधिमा ११ जनाको मृत्यु भएको छ ।

हाल देशभर ११ हजार ५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइसोलेसनमा र २ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।