काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिबार कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा सञ्चालन हुने भएको छ । निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिकले शनिबार अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाको निःशुल्क ओपीडी सेवा हुने जनाएको हो ।

अस्पतालका अनुसार डा. कुशवाहाले बिहान १० देखि १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनुहुनेछ । मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारीरिक अस्वस्थता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपीडी सेवाबाट लाभान्वित हुन सक्नेछन् । नर्भिकले केही महिनादेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्दै आएको छ ।

निःशुल्क ओपीडी सेवा लिनका लागि अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिने नर्भिकले जनाएको छ ।