काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर ५ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ४९ वटा नमुनाको परीक्षण गर्दा ५ सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय २६ पुगेको छ ।

त्यस्तै आज ७ हजार ५ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।