काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि पीडितलाई राहत दिने बताउनुभएको छ । आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताउनुभएको हो ।

देशभर बाढीपहिरोका कारण ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री देउवाले सरकारले उचित क्षतिपूर्ति दिने बताउनुभयो । प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गर्नुभएको थियो ।