प्रतीकात्मक तस्वीर
सप्तरी — सप्तरी राजविराज नगरपालिका वडा नम्बर ६ मा आज बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् ।
आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झारेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।

साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी सन्तोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।