काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीको आशन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे ललितपुरको तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने तय भएको हो ।

गत १५–१७ असोजमा सम्पन्न विधान महाधिवेशनमा १० औँ महाधिवेशन अर्काे निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकोमा उक्त स्थान परिवर्तन हुने सङ्केत देखिएको छ । बागमती प्रदेशको हिजोको बैठकमा सो प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने बताउनुभएको थियो ।

आज बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा गर्नुका साथै वडा, पालिका र राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने एमालेले जनाएको छ । यसका साथै अविरल वर्षापछिको विपद्का घटनाले पु¥याएको जनधनको क्षति सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।