बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिममा जाने हुनुभएको छ । लगातारको वर्षाका कारण विपदका घटनामा परी सुदूरपश्चिममा धनजनको ठूलो क्षति भएको छ ।

प्रधानमन्त्री देउवाले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ लगगायतका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि सहभागी हुने जनाइएको छ । यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर पनि टोलीमा रहने हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले बझाङको बाढीपहिरो प्रभावित क्षेत्र थलारा गाँउपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।