काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश एक र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि दिउँसोः प्रदेश न एक, प्रदेश न दुई, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश एक, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिवार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश एक, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।