काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनामा भएको परीक्षणमा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा निको हुनेको संख्या ७ सय ५८ जना रहेको छ । सोहि अवधिमा १३ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । यस्तै परीक्षण संख्या आधा करोड नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट ४९ लाख ८० हजार १ सय २३ जनामा कोरोना परीक्षण भएकोे छ ।

मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल सङ्क्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ७ लाख ८४ हजार १ सय ५५ जना निको भइ घर फर्किसकेको छन् । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।