फाइल तस्वीर

काठमाडौं – सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको हो ।