काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरूले चुनावसम्म ‘साँठगाँठ’ नगरे वडा समेत नजित्ने दाबी गर्नुभएको छ । आज बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।


उहाँले आफूहरूको वैचारिक र साङ्गठनिक लडाइँ नेपाली काङ्ग्रेससँग भएको पनि बताउनुभयो । वर्तमान सरकार देशभित्र या बाहिरबाट कसले चलायो भनेर भन्न नसकिने अवस्थामा रहेको उहाँको भनाइ छ ।