काठमाडौ – तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४ गते अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान भएको थियो ।
एसिड पीडित मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड
कोरोना सक्रमणका कारण उक्त अवार्ड अमेरिकी सरकारले नेपालमा रहेको आफ्नो दुताबासमा पठाएको थियो । सोही अवार्ड मंगलबार दुताबासमा एक कार्यक्रमको आयोजना गरी खातुनलाई हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्रीपत्नी तथा सबिधानसभाका पूर्व सदस्य डा आरजु राणा देउवा, पूर्व प्रधानन्यायधीस शु्सीला कार्की , न्यायधीस सपना मल्ल प्रधान , नेपाली काग्रेसकी नेतृहरु पुष्पा भुषाल , भूमिका श्रेष्ठ, अधिकारकर्मी मोहना अन्सारी ,रेणु सिजापती र प्रिन्सा रेग्मीको उपस्थितीमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले मुस्कानलाई हस्तान्तरण गर्नुभएको हो । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।
हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।
वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा दुई किशोरले तेजाब प्रहार गरेका थिए । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो । लामो समय सम्म कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो । बिरगंञ्ज छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो ।