काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।


एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घका सुरक्षा लगायत सबै सरकारी निकायहरूलाई पनि आग्रह गर्नुभएको हो ।


उहाँले बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि सरकारसँग माग गर्नाुभएको छ ।