काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको छ । हाल देशभर ११ हजार ८ सय १५ जना सङ्क्रिय सङ्क्रमित रहेका छन् ।