काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सार्नुभएको छ । सभामुखका तर्फबाट आगामी ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सारिएको सूचना संसद् सचिवालयले निकालेको छ ।

“मिति २०७८ साल कात्तिक ९ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरामा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” संसद् सचिवालयले निकालेको सूचनामा भनिएको छ ।

सूचनामा विशेष कारणले त्यस दिन बैठक बस्न नसक्ने भनिएपछि कारण भने खुलाइएको छैन ।