काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९ हजार ६ सय ९७ जनामा परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ सय ३७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ११ हजार ८ सय ७४ जना छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख ५ हजार ५ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ जना पुगेको छ भने ७ लाख ८२ हजार ३ सय ९३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ११ हजार ८ सय ७४ जना रहेका छन् । जसमध्ये १० हजार ८ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना सङ्क्रमितमध्ये २ सय ८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २ सय ३ जना, ललितपुरमा ४१, भक्तपुरमा ३०, चितवनमा २३, कास्कीमा ४३, मोरङमा ३३, रुपन्देहीमा २६, तथा सुनसरीमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।