काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट आज थप १ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनाको पीसीआर तथा ३ सय २७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा जम्मा १ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक जनाको मात्रै मृत्यु भएको छ । यो मृत्युको सङ्ख्या अहिलेसम्मकै थोरै हो । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार २ सय ७८ जनाको मृत्यु भैसकेको छ । आज शनिबार कोरोना भाइरसको सङ्क्रमणबाट ८ सय ४५ जना मुक्त भएका छन् । हाल देशभर १२ हजार ५ सय ९८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।