काठमाडौं– सर्वोच्च अदालतद्वारा अधिकारकर्मी रुबी खानलाई तुरुन्त रिहा गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रहरी हिरासतमा रहेकी अधिकारकर्मी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो ।

न्याय माग्दै नेपालगञ्जबाट पैदल यात्राबाट राजधानी आएको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले असोज २२ गते काठमाडौंको माइतिघर मण्डलाबाट गिरफ्तार गरी आफ्नो नियन्त्रणमा लिएको थियो । बहुविवाहको मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गरेर नेपालगञ्ञ पु¥याइएकी रुबीलाई सर्वोच्चको आदेशपछि बाँके प्रहरीले हिजो बुधबार काठमाडौं पठाएको थियो । खानले प्रहरी हिरासतमै आमरण अनशन सुरु गर्नुभएको थियो ।

खानको गिरफ्तारविरुद्ध मानव अधिकारवादी तथा महिला आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रुबीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतले रुबीलाई रिहा भइसकेपछि पुनः पक्राउ नगर्न समेत प्रहरीलाई सचेत गराएको छ ।