काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ सय ५५ जना सङ्क्रमित भएका छन् भने ८ सय ४ जना निको भै घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट ३ हजार ४ सय १८ जनाको र एन्टिजेन विधिबाट २ हजार ७ सय ९६ जनाको कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । जसमध्ये ४ सय ५५ जनामा सङ्क्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको सङ्क्रमणकै कारण उपचारको क्रममा ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ११ हजार २ सय ६९ पुगेको छ । देशभर १३ हजार ८ सय ५३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।