काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ३ हजार ६ सय ७१ जनाको पीसीआर तथा १ हजार ९ सय २३ जनामा एन्टिजेन परीक्षण भएको थियो । यसैगरी देशभर कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा ४ जना को मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्यासँगै नेपालमा हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ६१ पुगेको छ ।

बुधबार ६ सय ९ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १४ हजार २६७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा आज १६३ जनामा सङ्क्रमण पुष्टिभएको छ । जसमध्ये काठमाडौंमा १ सय २२ जना, ललितपुरमा २९ जना र भक्तपुरमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।